गैरसरकारी संस्थालाई जग्गा दिदैनौ : गुठी

eyeकाठमाडौं, १८ चैत । नेपाल आँखा अस्पताल सञ्चालक समिति र गुठी संस्थानबीच घर/जग्गा हड्प्ने विषयमा विवाद चरम उत्कर्षमा पुगेको छ ।
गैरसरकारी संस्थाले चलाएको त्रिपुरेश्वर आँखा अस्पतालले गुठी संस्थानको घर र जग्गा नछाड्ने जनाए पछि विवाद सार्वजनिक भएको हो । गुठीको जग्गामा अस्पताल केही बर्ष बस्न अनुमति लिएर बसे पनि अहिले आएर अस्पतालले जग्गा र घर छाड्न मानेको छैन ।
सरकारको निर्णय नआउँदासम्म गुठी संस्थानको घर/जग्गा नछाड्ने सञ्चालक समितिको भनाई छ । काठमाडौंको त्रिपुरेश्वरस्थित संस्थानको स्वामित्वमा रहेको घर/जग्गा तत्काल समितिका सदस्य विश्वकान्त मैनालीले बताए ।
२०३० सालमा घर/जग्गा आखाँ अस्पतालले उपभोग गर्न अनुमति लिएको थियो । यद्यपि, संस्थानले आफ्नो स्वामित्वको घर र जग्गा अहिले माग गर्दा गैरसरकारी संस्थाले चलाएको अस्पतालले अटेर गरेको गठी संस्थानका अध्यक्ष पञ्चलाल महर्जनले जानकारी दिए ।
२०३० सालमा तत्कालीन गुठी संस्थानका अध्यक्ष बद्रीविक्रम थापाले आँखा अस्पतालका लागि जग्गा र घर उपयोग गर्न मञ्जुरी दिएको मैनालीको दावी छ ।
गुठी सस्थानका अध्यक्ष महर्जनले आँखा अस्पतालले संस्थानको अनुमति नलिई घर र जग्गा हड्पेको आरोप लगाए । उनले संस्थानको घर र जग्गा आँखा अस्पतालले खाली गरिदिनुपर्ने बताए ।
संस्थानका अध्यक्ष महर्जनले आँखा अस्पताल सरकारी नरहेको बताए । ‘त्रिपुरेश्वर आँखा अस्पताल सरकारी होइन,’ उनले भने, ‘गैरसरकारी संस्थालाई सरकारको जग्गा त्यसरी मिल्दैन ।’
उनले आँखा अस्पताललाई २०३० सालमा बस्नका लागि कुनै पनि पत्र नदिएको बताए ।
काठमाडौ महानगरपालिका–११ स्थित ३ सय ३२ को झण्डै साढे दश रोपनी जग्गा र त्यसमा बनेको घर आँखा अस्पतालले भोगचलन गर्दै आएको छ ।

प्रतिक्रिया