परीक्षा रोक्न दवाव दिन ढुङ्गामुडा

college-news-rkललितपुर, १७ असार । पश्चिमाञ्चल विश्व विद्यालय पोखरा अन्तर्गतका क्याम्पसहरुका परीक्षा विथोल्न खोज्ने केही विद्यार्थीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।
बालकुमारीस्थित एनसीआइटी कलेजमा आज (सोमबार) सञ्चालित वि.ई.को परीक्षा विथोल्न विद्यार्थीले ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।
झण्डै १ सय ५० जना बिद्यार्थीले कलेजमा ढुंगामुढा गर्न खोजे पछि प्रहरीले हस्तक्षेप गरेको जनाएको छ । सम्झाउने क्रममा विद्यार्थीले प्रहरीलाई नै ढुङ्गा प्रहार गरेका थिए ।
प्रहरीलाई ढुङ्गा प्रहार गरेको अभियोगमा सिराहा जिल्ला कसमरी घर भई भक्तपुर दुवाकोट बस्ने २३ बर्षीय सुरेश चन्द यादव र सिराहाकै खोतरी घर भई भक्तपुर बस्ने २२ बर्षीय सरोश साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
विद्यार्थीको प्रदर्शन उग्र हुन थाले पछि प्रहरीले ६ जना विद्यार्थीलाई पनि नियन्त्रणमा लिएको छ । (फाईल तस्विर)

प्रतिक्रिया