बलत्कारको अभियोगमा ‘किरण’ पक्राउ

Balatkar 4चितवन, १८ असार । चितवन जिल्लामा बालिका बलत्कार गरेको अभियोगमा प्रहरीले किरण परियारलाई पक्राउ गरेको छ ।
मंगलपुर–८, बिजयनगरका १९ बर्षीय परियारले स्थानीय १२ वर्षीया कमला थापा (नाम परिवर्तन)लाई आइतबार राति बलत्कार गरेको प्रहरीले जनाएको छ ।
परियारले घरमा कोही नभएको मौका छोपेर कमलालाई बलत्कार गरेका थिए ।
कमला हिडडूल गर्न नसके पछि बलत्कारको घटना सार्वजनिक भएको थियो । प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत गराएको छ ।

प्रतिक्रिया