देउखुरीको डूबान समस्या समाधान गर्न माग

Deukuri-Ko-Toliकाठमाडौं, १७ असार । दाङको देउखुरीलाई डूबानबाट बचाउनु पर्ने मागसहित काठमाडौंमा रहेका पीडित क्षेत्रका स्थानीयले गुरुयोजना बनाएर बाढीको समस्या हटाउन माग गरेका छन् ।
सिंहदरबारमा आज (सोमबार) सिंचाई मन्त्री उमाकान्त झासँग भेट गरेर पीडितहरुले देउखुरीको डूबान समस्या समाधानका लागि पहल गर्न माग गरेका हुन् । राप्ती नदी र आसपासका खहरे खोलामा तटवन्ध गरी देउखुरीलाई डूबान मुक्त क्षेत्र घोषणा गर्नु पर्ने माग राखिएको टोलीका संयोजक गंगाराम भट्टराईले जानकारी दिए ।
मन्त्री झासँग टोलीले देउखुरीको डूबाट समस्या समाधानका लागि ८४ करोड रुपियाँको गुरुयोजना सहितको ज्ञापन–पत्र बुझाएको छ ।

प्रतिक्रिया