युवती बेच्ने छुटाउन एमाओवादीको चक्काजाम

indexनुवाकोट, १७ असार । एकीकृत माओवादीले चेलिबेटी बेचबिखन गरेको आरोप लागेका आफ्ना कार्यकर्ता प्रहरीले पक्राउ गरेको विरोधमा नुवाकोटमा चक्काजाम गरेको छ ।

एमाओवादीको चक्का जामका कारण केही समय यात्रुले सास्ती बेहोर्नु परेको छ । एमाओवादी कार्यकर्ताले मध्यान्ह एकघण्टा चक्काजाम गरेका थिए ।
नुवाकोटको सुन्दरादेवी–८, काउलेका एमाओवादीका कार्यकर्ता बीबीलाल लामालाई प्रहरीले चेलिबेटी बेचबिखन गरेको आरोपमा पक्राउ गरेको थियो । चेलिबेटी बेचबिखनको आरोप लागेका सोम्पर तामाङ फरार छन् ।
उनीहरुलाई अघिल्लो बर्ष भदौ–५ गते सुन्दरदेवीकी एकयुवतीलाई भारतमा लगेर बेचेको आरोप लागेको छ । उनीहरु विरुद्ध युवतीका बुबाले किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया