गजल

nabina
तिम्रो मायाभन्दा मीठो छैन केही संसारमा
तिम्रो मायाभन्दा न्यानो छैन केही संसारमा

स्वर्ग पनि छैन प्यारो मेरा लागि तिमीबिना
एकैपल नि बाँच्न गारो मेरा लागि तिमीबिना
तिम्रो अंगालोझैँ सुन्दर छैन ठाउँ संसारमा
तिम्रो ह्दयझैँ सफा छैन गाउँ संसारमा

तिमीभित्रै सारा जीवन, तिमी जित, हार मेरो
तिमीमै छ सारा खुसी, तिमी नै संसार मेरो
तिम्रो प्यारभन्दा कोमल केही छैन फूल संसारमा
तिम्रो बोलीझैँ रसिलो छैन मूल संसारमा

तिम्रो स्पर्शझैँ चोखो छैन केही संसारमा
तिम्रो मायाभन्दा न्यानो छैन केही संसारमा ।

प्रतिक्रिया