चारधाम गएका नवलपरासीका ८ बेपत्ता

चितवन, १५ असार । चारधाम गर्न गएका नवलपरासी गैडाकोट–आदर्श गाविस–१ का ८ जना भारतको केदारनाथ र बद्रीनाथ आएको बाढी पहिरोमा बेपत्ता भएका छन् ।

१५ दिनदेखि उनीहरू सम्पर्कमा छैनन् । बेपत्ता हुनेमा कीर्तिनाथ चालिसेकी श्रीमती जमुना, छोरा हरिषचन्द्र, गाउँकै अर्को चालिसे परिवारका हिरादेवी चालिसे, उनका श्रीमान देवनारायण र उनकी बहिनी रामकला पौडेल, नेत्र पौडेल, उनकी पत्नी विष्णुकला र ईश्वरा लम्साल रहेका छन् । उनीहरू चारधाम गर्न गत १९ जेठमा भारत गएका थिए । तीर्थ भर्न गएका परिवारका सदस्य १५ दिनदेखि सम्पर्कविहीन भएपछि कीर्तिनाथले पत्रकारलाई खबर गरेका हुन् । उनीहरूको खोजीका लागि एक टोली नै भारत पठाए पनि कुनै अत्तोपत्तो नलाग्दा परिवार भावविहल भएका छन् ।
नेपाली कांग्रेस गैंडाकोटले गाविस, जिल्ला प्रशासन कार्यालय र परराष्ट्र मन्त्रालयमार्फत खोजी कार्यमा तदारूकता देखाउन अनुरोध गरेको छ । आफ्नोतर्फबाट पनि शुक्रबार एक खोजी तथा उद्दार कार्यदल गठन गरिएको कांग्रेसले जनाएको छ । गएको सोमबार बद्रीनाथ, केदारनाथमा भीषण बाढी–पहिरोपछि तीर्थ गएका आफन्त सम्पर्कविहीन भएपछि परिवारका सदस्य चिन्तित बनेका छन् ।
सरकारले उत्तराखण्डको बाढीपहिरोमा परेका नेपालीहरूको उद्धार गरी घर फर्काउने काम गरिरहेको छ भने कैयौँ सम्पर्कविहीन रहेका छन् ।

प्रतिक्रिया