कलेजहरूको बदमासी

काठमाडौं, १५ असार । प्लस टु कलेजहरूले गरिब जेहेन्दार विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिमा बदमासी गर्न थालेका छन् । कलेजहरूले विद्यार्थीका लागि छुट्याएको ‘कोटा पूरा’ भएको भन्दै छात्रवृत्तिमा फारम नै भर्न नदिएर बदमासी गर्न थालेका हुन् । कलेजले फारम नै भर्न नदिएपछि वास्तविक जेहेन्दार र गरिब विद्यार्थीले छात्रवृत्ति पाउनबाट बञ्चित हुने भएका छन् ।

कलेजबाट वितरण हुने दुई प्रतिशत छात्रवृत्ति विद्यार्थीलाई फारम भरेको आधारमा छनोट गरी दिनुपर्ने हुन्छ । दुई प्रतिशत छात्रवृत्ति निजी विद्यालयमा अध्ययन गरेका विद्यार्थीले समेत पाउने गर्दछन् । परिषद्ले छात्रवृत्तिका लाग २५ असारसम्म म्याद राखे पनि कलेजहरूले अहिले नै बन्द गराएका छन् । वास्तविक गरिब जेहेन्दार विद्यार्थीलाई वितरण नगरेर कलेजहरूले आफ्ना मान्छेलाई दिने गरेका छन् ।
उच्चमाध्यामिक शिक्षा परिषद्ले छात्रवृत्तिका लागि २५ असारसम्म म्याद राखे पनि राजधानीका सबै कलेजहरूले अहिलेदेखि नै ‘कोटा सकियो’ भन्दै विद्यार्थीलाई फर्काउने गरेका छन् । कलेजहरूले गेटमै छात्रवृत्तिको कोटा सकियो भन्दै सूचना टाँसेका छन् । काठमाडौं मोडेल कलेजले गेटमै छात्रवृत्ति सकियो भनेर सूचना टाँस गरेको छ ।

परिषद्का अनुगमन शाखा प्रमुख डम्बर बतासाले कलेजहरूले विद्यार्थीका लागि वितरण हुने छात्रवृत्तिमा बदमासी गरेको बताए । उनले २५ असारसम्म छात्रवृत्तिका लागि फारम वितरण गर्नुपर्नेमा कलेजहरूले नगरेको बताए । उनका अनुसार शुक्रबार काठमाडांै मोडेल कलेजमा छात्रवृत्तिका लागि गएका एक विद्यार्थीलाई फर्कादिएका छन् ।
‘कलेजहरूले २५ गतेसम्म छात्रवृत्तिका लागि फारम वितरण भनेका थियौँ,’ उनले सौर्यसँग भने, ‘तर त्यो देखिएन । शुक्रबारमात्र काठमाडांै मोडेल कलेजले छात्रवृत्तिका लागि फारम नबुझिएको पाइयो ।’ परिषद्मा विद्यार्थीले छात्रवृत्तिका लागि फारम भर्न नदिएको उजुरीसमेत गरेका छन् ।

विद्यार्थीलाई परिषद्को सिफारिसमा कलेजले तीन प्रतिशत र दुई प्रतिशत कलेजले आफँै उपलब्ध गराउनु पर्दछ । २ प्रतिशत छात्रवृत्तिका लागि विद्यार्थीले आफू पढेको प्रधानाध्यापक र गाविसको सिफारिसमा परिषद्बाट फारम भरेर कलेजलाई बुझाउनुपर्ने हुन्छ । तीन प्रतिशत भने परिषद्ले लिएको प्रवेश परीक्षा पास भएका विद्यार्थीलाई कलेजले छात्रवृत्ति उपलब्ध गराउनु पर्ने हुन्छ । परिषद्ले छात्रवृत्ति उपलब्ध गराए बापत कलेजहरूको नवीकरण शुल्कलगायत शैक्षिक शुल्कमा कर मिनाहको व्यवस्था गरेको छ ।
काठमाडौं मोडेल कलेजका भाइस प्रिन्सिपल धु्रव भट्टराईले छात्रवृत्तिका लागि कोटा सकिएकोले फारम नलिएको बताए । ‘हाम्रा कलेजले छात्रवृत्तिका लागि वितरण गर्ने कोटा विद्यार्थीलाई दिइसक्याँै,’ उनले भने, ‘त्यही भएर फारम नलिएको हो । परिषद्ले निर्देशिका दिनुपर्‍यो अनि हामी त्यहीअनुसार वितरण गर्छाँै । होइन, हामीले वितरण गर्ने छात्रवृत्ति विद्यार्थीले पाइसके ।’
परिषद्का प्रवक्ता नारायण कोइरालाले छुट्टाइएको छात्रवृत्तिमा बदमासी गरे कारबाही गरिने बताए । परिषद्ले तोकेको नियमअनुसार कलेजले छात्रवृत्ति उपलब्ध गराउनपर्ने उनले बताए । ‘परिषद्ले तोकेको अनुसार दुई प्रतिशत छात्रवृत्ति कलेजले विद्यार्थीलाई दिनुपर्दछ,’ उनले भने, ‘हामी अनुगमन गछौ । यदि वास्तविकले नपाए कारबाही गछाँै ।’

प्रतिक्रिया