माग पुरा गराउन विद्यालयका कर्मचारी आन्दोलनमा

काठमाडौं, १३ असार । सामूदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको संगठन नेपाल विद्यालय कर्मचारी यूनियनले शिक्षक र कर्मचारीबीच रहेका विभेद अन्त्य गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनको माग गरेको छ ।
यूनियनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउन दवाव दिन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । यूनियनले विद्यालय कर्मचारीको सेवा, शर्त उल्लेख भएको अध्यादेश प्रमाणित गर्नु पर्ने माग राखेको छ ।
आन्दोलनका कार्यक्रममा असार–१६ गते शान्तिबाटीकाबाट र्‍यालीसहित १० बजेबाट मन्त्रिपरिषद् अध्यक्षको निवास बालुवाटार घेराउ गर्ने, असार–१७ गते र्‍यालीसहित १० बजेबाट दुई घण्टा सिहदरवार घेराउ गर्ने, असार–१८, १९ र २० गते शान्तिबाटीकामा विहान ९ बजेदेखि ६ बजेसम्म ९ घण्टा निरन्तरत अनशन बस्ने छन् ।
२०६७ माघ–२३ गते सर्वोच्च अदालतले कर्मचारीहरुको माग सम्बोधन गर्न ६ महिना भित्र सर्भिस ‘ल’ बनाएर कार्यान्वयनमा ल्याउन आदेश दिए पनि सरकारले सम्बोधन गरेको छैन ।

प्रतिक्रिया