चार जना तिर्थयात्री नेपाल प्रस्थान

Kedar Dham 1काठमाडौं, १३ असार । नेपाली जनसम्पर्क समिति भारतले काठमाडौंका चार जना तिर्थयात्रीलाई उद्दार गरेर नेपाल पठाएको छ ।
काठमाडौंबाट बस लिएर पुगेका ११ तिर्थयात्री मध्ये वर्ष ५४ की लीला ज्ञवाली, वर्ष ४४ की बिष्णु ज्ञवाली, वर्ष ६४ का होमलाल अधिकारी, वर्ष ६१ का रामा अधिकारीलाई आज (बिहीबार) उद्दार गरी नेपाल पठाइएको हो ।
त्यसै गरी, समितिले बद्रीनाथ नजिकै बाढी/पहिरोमा फसेका दाङका दुई जनालाई उद्दार गर्न नेपाली टोली पुगेको छ । सवरी चालक अर्जुन देउले र दिनेश देउले बद्रीनाथमा उद्दारको प्रतिक्षामा बसेका छन् ।
यता, केदारनाथ देखि ७ किलो मिटर नजिकै रामबडा भन्ने स्थानबाट वर्ष ६२ का हरि ज्ञवाली, वर्ष ४१ की माया ज्ञवाली, वर्ष ६५ का रामकृष्ण पन्थी, वर्ष ५४ का विमल पन्थी, वर्ष ४९ का श्यामसुन्दर पाठक, वर्ष ५४ की भगवती खड्का सम्पर्क विहीन रहेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुको खोजीकार्य जारी छ ।
समितिले विभिन्न आश्रमबाट १५ जनालाई उद्वार गरी ल्याएको छ । उनीहरुलाई पनि नेपाल पठाउने तयारी समितिले गरेको छ ।
बेखर्ची ४५ नेपालीलाई समितिले यात्राखर्चको व्यावस्था गरी यथाशीघ्र नेपाल पठाउने प्रक्रियामा रहेको जनाएको छ । उनीहरुलाई नेपाल पठाउन नयाँ दिल्लीस्थित नेपाली कार्यवाहक राजदूत तिर्थराज वाग्लेले सहयोग गर्ने आश्वासन दिएका छन् ।
यसबीच, नेपालीहरुको उद्दार कार्यमा बालकृष्ण पाण्डे, डा. पदम सुवेदी, लोकनाथ सुवेदी, रमेश सुवेदी, दिनेश ढकाल, विजय सुवेदी, नारायण पन्थी, र डा.चन्द्रप्रभा सुवेदी लागेका छन् । भारतको उत्तराखण्डमा हालै आएको बाढी/पहिरोमा नेपाली तिर्थयात्रु र कामगर्न गएका नेपाली नागरिक परेका थिए ।

प्रतिक्रिया