डेरी उद्योगमाथि कारबाहीको तयारी

Dairyकाठमाडौं : आमउपभोक्ताको स्वास्थ्यलाई हानि पुर्‍याउने गरी सञ्चालित दूध डेरीका सञ्चालकलाई सरकारकारले कडा कारबाही गर्ने बताएको छ । राजधानीमा बुधबार आयोजित आयोजित दुग्धजन्य पदार्थमा पाइएका जीवाण् र स्वास्थ्यमा पार्ने प्रभाव विषयक कार्यक्रममा सरकारी अधिकारीले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।
कार्यक्रममा कृषि मन्त्रालयका प्रवक्ता तथा सहसचिव डा. प्रभाकर पाठकले गोठदेखि ओठसम्म पुग्दा दूध शुद्ध हुनुपर्ने भन्दै मन्त्रालयले डेरी उद्योगमाथि अनुगमन तीव्र पारेको बताए । उनले सबै डेरीमा यो समस्या देखिँदा नीतिगत प्रश्नसमेत उठाएको बताउँदै मन्त्रालय यसमा गम्भीर रहेको दाबी गरे । मन्त्रालयले दीर्घकालीन रूपमै समस्याको समाधानका लागि जोड दिएको बताए । उनले मासुमा पनि अनुगमन तीव्र पारिएको, पानीमा पनि यस्तै समस्या देखिएकाले सरकारले यस्तो अनियमितता गर्नेलाई कडा कारबाही गर्नेमा शंका नलिन सबैसँग आग्रह गरे ।
दुग्ध विकास संस्थानलाई कडा निगरानीमा राखिएको बताउँदै उनले अव संस्थानको दूधमा सुधार भइसकेको बताए । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका महानिर्देशक जीवनप्रभा लामाले अनुगमनमा गुणस्तरहीन दूध उत्पादन गरेका कम्पनीमाथि मुद्दा दायर गरिसकिएको बताइन् । उनले कानुनअनुसार कोलिफर्म शून्य हुनुपर्नेमा अनुगमनका क्रममा अत्यधिक मात्रामा कोलिफर्म भेटिएको बताउँदै विभागले अनुगमनमा तीव्रता दिएको बताइन् ।
उनले पानीको शुद्धतालाई परीक्षण तीव्र पारिएको बताउँदै दोषीमाथि कडा कारबाही हुनेमा ढुक्क रहन आग्रह गरिन् । कानुनमा दण्ड, सजाय न्यून रहेको भन्दै उनले कानुनमा पर्याप्त सुधारको खाँचो रहेको समेत औँल्याइन् । सो अवसरमा दुग्ध विकास संस्थानका महाप्रबन्धक सीयाराम ंिसंहले दूधमा कोलिफर्म भेटिन सक्छ तर धेरै भेटिनुहँुदैन भन्दै दुग्ध विकास संस्थानले आफ्नो त्रुटि सच्याएकाले संस्थानको दूध पिउनयोग्य रहेको दाबी गरे । डिडिसी दूधमा कोलिफर्मको मात्रा शून्य रहेको बताउँदै उनले उपभोक्ताको स्वास्थ्यमा दुग्ध विकास संस्थान संवेदनशील रहेको बताए ।

प्रतिक्रिया