मजदुरद्वारा व्यवस्थापनलाई ७ दिने अल्टिमेटम

जनकपुर, १३ असार । धनुषाको सखुवा महेन्द्रनगरस्थित एभरेस्ट पेपर मिलका आन्दोलित मजदुरले तेस्रोपटक सात दिनको अल्टिमेट दिँदै आन्दोलन यथावत राख्ने निर्णय गरेका छन् ।

मंगलबार बसेको मजदुरको बैठकले यस्तो निर्णय गरेर मिलका वाणिज्य प्रबवन्धक कृष्णकुमार तिव्रेवाल र सह सहायक वाणिज्य प्रबन्धक उपेन्द्र यादवलाई जानकारी गराएको आन्दोलित मजदुर वार्ता टोली संयोजक रामदेव साहले बताए । विभिन्न ११ सूत्रीय माग राख्दै २ असारदेखि अनिश्चितकालीन मिल बन्द गरेर आन्दोलनमा उत्रेका मजदुरले व्यवस्थापन पक्षले माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने बताएको छन् । १८ गतेसम्म पनि माग सम्बोधन नभए कडा संघर्षमा उत्रिने साहले व्यवस्थापन पक्षलाई चेतावनीसमेत दिएका छन् ।
मजदुरहरूले ११ सूत्रीय मागका लागि पहिलोपटक २९ जेठमा अल्टिमेम दिँदा पनि व्यवस्थापनले मागप्रति सकरात्मक नहुँदा २ असारबाट अनिश्चितकालीन मिल बन्द गरी चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।

प्रतिक्रिया