मानव बेचबिखनसम्बन्धी मुद्दाका दुई जनालाई कैद तथा जरिवाना

ताप्लेजुङ, १३ असार । जिल्ला अदालत ताप्लेजुङले बुधबार मानव बेचविखन सम्बन्धी मुद्दाका दुई अभियुक्तलाई कैद तथा बिगो भराउने फैसला सुनाएको छ । लिम्बुदिन–४ बस्ने लोकेन्द्रकुमार श्रेष्ठ र जिल्लाकै फूलबारी–३ बस्ने कृष्णकुमारी सेन्दाङविरुद्धको मुद्दा सुनुवाइ गर्दै अदालतले यस्तो फैसला गरेको हो ।

फैसलाअनुसार श्रेष्ठको १२ वर्ष ६ महिना र सेन्दाङको १६ वर्ष कैद तोकिएको छ । जिल्ला न्यायाधीश पशुपति आचार्यको इजलासले पीडित तीन जनालाई प्रतिवादीबाट जनही थप ५०–५० हजार क्षतिपूर्ति भराउने फैसलासमेत गरेको श्रेष्तेदार रिद्धिनाथ निरौलाले जानकारी दिए । निरौलाका अनुसार श्रेष्ठलाई एक लाख २५ हजार जरिवाना र कृष्णकुमारीलाई एक लाख ५० हजार जरिवाना तिराउने निर्णय भएको छ ।
लोकन्द्रकुमार र कृष्णकुमारीविरुद्ध फूलवारीका–२ तथा फुङलिङका–१ गरी तीन जनाले मानव बेचबिखनमा सक्रिय भएको किटानी जाहेरी दिएपछि प्रतिवादीविरुद्ध मुद्दा दायर भएको थियो । श्रेष्तेदार निरौलाका अनुसार लोकेन्द्रले २०६९ साल १५ पुषमा एक महिला तथा माघमा अर्की महिलालाई ललाई फकाई बिहे गर्ने बहानामा इलामसम्म पुर्‍याएको र कृष्णकुमारीले अर्की एक महिलालाई विदेश लैजाने भन्दै साथी सदरमुकाम फुङलिङमा रहेकोले उतै जाउं भन्दै लिएर आएको तर उनले झापातर्फ लगेपछि ती महिलाले चिच्याउँदा कृष्णकुमारी भागेको र योसँगै घटनाका बारेमा रहस्य खुलेको बताए ।
घटना लगत्तै भागेकी उनलाई प्रहरीले पक्राउ गरेर पुपक्र्षका लागि थुनामा राखेको थियो । निरौलाका अनुसार यीमध्ये लोकेन्द्र र कृष्णकुमारीबीच विदेश लैजाने बहानामा मानव बेचबेखिनका लागि पटक–पटक फोन सम्पर्क हुने र त्यसको चाँजोपाजो दुवैले मिलाउने गरेका थिए । घटनामा दोषी ठहर भएका मध्ये कृष्णकुमारी ताप्लेजुङमा महिला कारागार नभएकोले पुपक्र्षका लागि पाँचथर कारागारमा रहेकी छन् भने लोकेन्द्रकुमार जिल्ला कारागारमै रहेका छन् ।

प्रतिक्रिया