जागिर लगाएको नक्कली ‘नियुक्ति पत्र’

nepal_policeकाठमाडौं, १२ असार । प्रहरीमा जागिर लगाई दिएको नक्कली नियुक्त पत्र दिई ठगी गर्ने शिव गिरीलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला कुन्चोक घर भई स्वयम्भू बस्दै आएका २६ बर्षीय गिरीले प्रहरीमा जागिर लगाई दिएको नक्कली नियुक्ति पत्र दिएर यसोदा श्रेष्ठसँग पचास हजार रुपियाँ लिएका थिए । प्रहरीमा जागिर लगाउने भन्दै गिरीले उनीसँग रकम लिएको प्रहरी भनाई छ ।
रामेछाप जिल्ला डडुवा–४ घर भएकी श्रेष्ठले आफू ठगिएको उजुरी प्रहरीमा दिए पछि महानगरीय प्रहरी प्रभाग कमलपोखरीले मंगलबार राति गिरीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया