कांग्रेस सभापति कोइराला अमेरिका जाने

Sushil Koiralaकाठमाडौं, १२ असार । कांग्रेस सभापति सुशील कोइराला नियमित उपचारका लागि अमेरिका जाने भएका छन् ।
सभपाति कोइराला भोलि (बिहीबार) उपचारका लागि अमेरिका तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको कांग्रेसद्वारा आज (बुधबार) जारी विज्ञप्तिमा उल्लेख छ ।
नियमित स्वास्थ्य परीक्षणका क्रममा बेलुका ६ बजेर ५५ मिनटको एयर इमिरेटको उडानद्वारा कोइराला न्यूर्योक जान लागेका हुन् ।
सभापति कोइरालासँग उनकी बहिनी शशी शर्मा र मृदुला कोइराला पनि अमेरिका जान लागेका छन् ।
कोइरालाले अमेरिकामा आफ्नो जिब्रोको उपचार गराउने छन् । जिब्रोमा समस्या आए पछि कोइरालाले केही बर्ष अघि अमेरिकामै उपचार गराएका थिए ।

प्रतिक्रिया