चुनावमा भाग लिन आग्रह

काठमाडौं, १२ असार । एमालेको भातृ संगठन युवा संघ नेपालले संविधानसभाको आगामी चुनावमा भाग लिन नेकपा–माओवादीलाई आग्रह गरेको छ । मंगलबार माओवादीको बुद्धनगरस्थित कार्यालयमा पुगेको युवा संघको टोलीले सो पार्टीका अध्यक्ष मोहन वैद्यलगायत नेताहरूलाई भेटी चुनावमा भाग लिएर जनआन्दोलनका उपलब्धि संस्थागत गर्न चुनावमा भाग लिन युवा संघले आग्रह गरेको हो ।
संघका अध्यक्ष महेश बस्नेतको नेतृत्वमा गएको टोलीले वैद्यलाई २२ बु“दे मागपत्र पनि प्रस्तुत गरेको थियो । ‘हामीले उहा“हरूलाई पनि चुनावमा आउनुपर्छ भन्यौ“’ युवा संघन नेपालका अध्यक्ष बस्नेतले सौर्यस“ग भने, ‘उहा“हरू सकारात्मक नै देखिनुभएको छ ।’ संविधानसभामा युवाहरूको पर्याप्त प्रतिनिधित्व भए संविधान निर्माण सहज हुने बस्नेतले बताएका थिए । यसअघि संघले आइतबार कांग्रेस सभापति सुशील कोइरालालाई कोइराला निवास महाराजगंजमा भेटी ज्ञापनपत्र बुझाएको थियो । संघले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र एमाले अध्यक्ष झलनाथ खनाललाई पनि भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेको बस्नतेले बताए ।

प्रतिक्रिया