पूर्वमन्त्रीको क्याम्पस कब्जा गर्ने योजना

Umakanta Chaudharyजनकपुर, १२ असार । पूर्वमन्त्री उमाकान्त चौधरी  धनुषा अस्पताल प्रालिद्वारा सञ्चालित पिसिएल नर्सिङ प्रोग्राममाथि कब्जा  गर्ने षड्यन्त्र  गरिरहेको रहस्य खुलेको छ । पूर्वस्वास्थ्यमन्त्री उमाकान्त चौधरी राजनीतिक प्रभाव तथा बलको प्रयोग गर्दै ‘धनुषा अस्पताल तथा अनुसन्धान केन्द्र’ नामको नर्सिङ क्याम्पस कब्जा  गर्ने षड्यन्त्र गरिरहेको सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा खुलासा भएको हो । धनुषा अस्पताल प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष महेश रजकले पूर्वस्वास्थ्यमन्त्री चौधरी तथा कर्मचारीको मिलोमतोमा उक्त नर्सिङ क्याम्पस कब्जा गर्ने षड्यन्त्र गरिरहेको बताए । उनले भने, ‘पूर्वस्वास्थयमन्त्री उमाकान्त चौधरी, क्याम्पसका प्रिन्सिपल प्रतिमा गौर चौधरी, कर्मचारी दीपेन्द्र चौधरी, मुकुन्द चौधरीलगायतका गुट क्याम्पस कब्जामा लिने षड्यन्त्र गर्दै आएका छन् ।’ धनुषा अस्पताल तथा अनुसन्धान केन्द्र नाम रहे पनि  क्याम्पसको नाम परिवर्तन गरी धनुषा नर्सिङ कलेज उल्लेख गरी कर्मचारी काम गरिरहेको उनको भनाइ छ । धनुषा नर्सिङ कलेजको नाम रहेको उक्त संस्था नेपाल सरकारको अभिलेखमा कतै नरहेको  रजकले ठोकुवा गरे । प्रकाशित परीक्षा केन्द्रको नामावलीमा पनि धनुषा अस्पताल तथा अनुसन्धान केन्द्र उल्लेख रहे पनि उमाकान्त चौधरी तथा उनका  सहयोगी यस वर्षको जारी परीक्षाको प्रवेशपत्रमा गैरकानुनी रूपमा क्याम्पसको नाम परिवर्तन गरी धनुषा नर्सिङ कलेज उल्लेख  गरेको जानकारी दिदै रजक प्रमाण प्रस्तुत गरेका थिए ।
यता, विद्यार्थीको जीवनसग खेलवाड भइरहेको तथा  प्रशासन प्रशासन पनि यसको विरोधमा कदम उठाउनुको साटो उनीहरूकै संरक्षण दिइरहेको रजकले आरोप लगाए । पत्रकार सम्मेलनमा उपस्थित विद्यार्थी चौधरीसहित क्याम्पसका कर्मचारीको दलबल आफूहरूलाई विभिन्न कामको बहाना देखाइ सादा काजगमा सही गराई क्याम्पसको कार्यकारी निर्देशक डा. सञ्जिव यादवमाथि ठगी मुद्दा दर्ता  गराएको गुनासो पोख्दै विद्यार्थी यादवमाथि आफूहरू कुनै प्रकारको  मुद्दा दर्ता नगराएको दाबी गरे । विद्यार्थीले पढाइ शुल्क बुझाउने बेलामा आधिकारीको खातामा रकम जम्मा  नगरी ग्लोबल आइमइ बैंकमा रहेको नेपाल कलेज अफ नर्सिङ नामका खातामा रकम जम्मा गर्ने बाध्यता छ ।
आइएमइको भौचर बुझाएपछि क्याम्पसका एकाउन्टेन रसिद धनुषा अस्पताललाई दिदै आएको विद्यार्थीले खुलासा गरेका छन् । विद्यार्थीका  अनुसार आङ्खनो अधिकारको विषयमा बोलेपछि क्याम्पसका  प्रिन्सिपल प्रतिमा गौर चौधरी विभिन्न प्रकारको धम्की तथा टर्चर दिदै आएका छन् ।  पूर्वस्वास्थ्य मन्त्री चौधरीको गुटको दबदबाका कारण  विद्यार्थीको भविष्य अन्योलमा परेको छ । यसैबीच, प्रिन्सिपल प्रतिमा गौर चौधरीलाई फोन गर्दा यो प्रक्रिया सामान्य रहेको तथा यसका बारेमा चौधरीस“ग सोध्न भनेपछि चौधरीको संलग्ना रहेको स्पष्ट हुन्छ ।

प्रतिक्रिया