पक्षघातबाट दैनिक दर्जनौं बिरामी

Paksha Ghatभक्तपुर, १२ असार । नेपालमा नशा समबन्धी रोग पक्षघातबाट दैनिक ५० जना बिरामी हुने गरे पनि यसबारे जनचेतना कम भएको विशेषज्ञले बताएका छन् । जीवनभर मानिस अशक्त भएर बस्नु पर्ने भए पनि यस रोगबारे आम अनविज्ञ रहेको पाइएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षणका न्यूरोलोजिस्ट डाक्टर कृष्णकुमार ओलीले अस्पताल यदी कोही बेहोस भएर पक्षघात लक्षण देखिएको तीन घन्टाभित्र अस्पताल आएमा उपचार सहज हुने बताए । निजी अस्पताल उपचार महँगो भए पनि सरकारी अस्पतालमा बिरामी ल्याउन र आवश्यक उपकरण अस्पतालमा व्यवस्था गर्न सरकारले नर्गदा बिरामीले दुःख पाएको समेत उनले बताए । शिक्षण अस्पतालमा दैनिक ५० देखि सयसम्म नशाका बिरामी आउने गरे उपकरण र वाडको अभावका कारण प्राथमिक उपचार मात्र गरेर अस्पतालले अन्यत्र सिफारिस गर्न बाध्य हुने गरेको उनको भनाइ छ । नेपालमा नसर्ने रोगको दोस्रो नम्बरमा रहेको नशासम्बन्धी रोगबाट मानिसको मृत्यु हुने क्रममा वृद्धि हँदै गए पनि सम्बन्धित पक्षले चासो नदिँदा समस्या जटिल बन्दै गएको छ ।
हाल शिक्षण अस्पतालमा न्यूरो उपचारका लागि डा। कृष्णकुमार ओली, विक्रम गजुरेल, राजेश कर्ण, रिमा राजभण्डारी र परमात्मालगायतका डाक्टर बिरामीको उपचारमा लागि परेका छन् । राजधानीका रहेका केही यूरो अस्पतालले बिरामीमाथि ब्रम्हलुट मच्चाइ रहेका भए पनि यसतर्फ सरकारको ध्यान भने गएको भने छैन । नेपालमा नशा रोगका कारण दैनिक मानिसको मृत्यु भई रहेको स्मरण गर्दै उनले यसमा सरकरले समयमा नसोचे यो रोगले भयावह अवस्था ल्याउनेसमेत डाक्टर ओलीले बताए । नशा रोग९पक्षघात०का कारण मानिस मर्ने क्रम बढेको भए पनि सरकारले अस्पताल शिक्षण अस्पतालमा रोगको उपचारका लागि विषेश कक्षको निर्माण नगर्नु सरकारले निम्न र मध्यम वर्गीय बिरामीलाई राहत दिन नसकेको बताए ।
हाल शिक्षण अस्पतालमा पक्षघातबाट पीडित बिरामीका लागि ६ वटा बेड निर्धारण गरे पनि सो प्रर्याप्त भने छैन । उनले राज्यका नेताहरू सामान्य रोग लाग्दा पनि राज्यको लाखौँ रुपियाँ खर्चेर विदेश दौडने परम्पराको अन्त्य हुनु पर्ने बताउँदै प्रत्येक जिल्ला, क्षेत्रीय र केन्द्रीय अस्पतालमा न्यूरो रोगको अलग्गै सेलको निर्माण गर्नु पर्नेसमेत बताए । सन्तुलित खानपान र नियमित व्यायामको अभावका कारण मुलुकमा यो रोगबाट भयावह बन्दै गएको यसतर्फ जनचेतना मात्र फैलाए पनि सो रोगमा कमि आउने उनको भनाइ रहेको छ ।
Paksha Ghat 1पक्षघात रोगबाट मुर्छा भएको एकदेखि तीन घन्टाभित्र उपचार गर्न सके यो रोग निको हुने उल्लेख गर्दै डा। ओलीले भने रोगले च्यापेको घन्टैसम्म पनि बिरामी अस्पताल नपुग्ने कारणले गर्दा जीवनभर ओछ्यानमा पर्नु परेको हजाराँै घटना भएको उल्लेख गरे । यो रोगको उपचारका लागि राज्यले केही सोचेको खण्डमा गरिब तथा निमुखा जनताले पनि केही राहत पाउनेसमेत उनको भनाइ रहेको छ । यो रोगको उपचारका लागि शिक्षण अस्पतालमा पाँच जना विशेषज्ञ डाक्टर भए पनि उपचारका लागि उपकरण एवं शैय्याको अभावका कारण बिरामी आँखाअगाडि मरेको हेर्न बाध्य भएका छन् । शिक्षण अस्पतालमा प्राथमिक रूपमा सय शैय्याको उपचार कक्ष र उपकरणको आवश्यकता भए पनि त्रिभुवन विश्वविद्यालय एवं सरकारले कुनै चासो नदिएको न्यूरोका डाक्टर दुःख व्यक्त गरेका छन् । नशा रोगको उपचार एवं रोगको निधानका लागि सरकारले प्राथमिकताका रूपमा कार्य नगरेको खण्डमा नेपालमा रोगका कारण मर्ने जीवनभर ओछ्यानमा पर्ने बिरामीको संख्यामा वृद्धि हँदै जाने विज्ञहरूले बताएका छन् । (फाईतल तस्विर)

प्रतिक्रिया