रिलेसन बनाएर मजा लिन चाहन्छु

chetna-pande‘आइ डोन्ट लव यु’ चलचित्र अभिनयबाट ग्ल्यामर करिएर सुरु गरेकी चेतना पाण्डे अहिले चर्चामा छिन् । भारतीय राष्ट्रिय स्तरकी ब्याडमिन्टन खिलाडीसमेत रहेकी चेतना खेलाडी परिचयपछि ग्ल्यामरमा होमिएकी कारण पनि पहिलो चलचित्रमै चर्चा पाउन सफल भएकी हुन् । चलचित्र अभिनयमा छाउन औपचारिक शिक्षा सहित संघर्षरत थुप्रै नवयुवतीले  बलिउड करियर चान्स नपाइरहेको अवस्थामा खेलाडी ब्यागग्राउन्ड भए चलचित्र अभिनय पाउनु उनी भग्यको खेल भएको मान्छिन् । प्रस्तुत छ– नवअभिनेत्री चेतनासग गरिएको कुराकानीको केही अंश ।

ब्याडमिन्टन खिलाडी तपाईं कसरी ग्ल्यामर क्षेत्रमा प्रवेश पाउनुभयो ?
ग्ल्यामर क्षेत्रमा मलाई भाग्यले तानेर ल्यायो । खेलमै छदा ममा एउटा यस्तो घटना घट्यो । जसका कारणले मैले ब्याडमिन्टन खेल छोड्न प-यो । खेल छाडेपछि म पढाइ अगाडि बढाउन चाहन्थे । अध्यायन अगाडि बढाउने क्रममा म एकता कपुरको नजरमा परे । उनले मलाई आङ्खनो एक सिरियलमा अभिनय गर्ने आग्रह गरिन् । सिरियल अभिनय मेरा लागि कुनै उल्लेखनीय भएन । त्यसपछि मैले टेलिभिजन विज्ञापनमा काम गरे“ । यो काम लगतै लगातार काम पाए ।
बलिउडका ठूला ब्यानरका चलचित्र पाउछु भन्ने लागेको थियो ?
थिएन, किनभने दक्षिण भारतका ठूला अभिनेत्रीलाई चान्स पाउन  निकै वर्ष कुर्नु पर्छ । यो मामलामा म आफूलाई भाग्यमानी मान्दछु । किन भने मैले ग्ल्यामर क्षेत्रमा प्रवेश गरेको छोटो समयमै चलचित्र अभिनय गर्न पाए ।
‘आइ डोन्ट लव यु’ मा चान्स कसरी पाउनुभयो ?
रसलान मेरा पुराना साथी हुन् । उनी यस चलचित्रमा काम गर्र्दै थिए । निर्देशक सुन्दर नवअभिनेत्रीको खोजीमा रहेछन् । चलचित्रका लागि अडिसन भइरहेको मैले थाहा पाए । आडिसन दिए र छानिए पनि । तर चलचित्र अभिनय मेरा लागि एक्साइटिङ र च्यालेन्जिङ थियो । काम गर्दै जादा सहज भयो । चलचित्रमा मैले आयरा नामकी टिनएजर एनआरआई केटीको भूमिका निर्वाह गरेकी छु ।
चेतना पाण्डे र आयरा कति मिलती–जुल्ती छ ?
धेरै हदसम्म म आयरा जस्तै छु । २२ वर्षीय कोही केटी पनि आयरा जस्तै देखिन्छे । बबाली, समझदार र मनपरी गर्ने केटीको भूमिका निर्वाह गर्न मलाई कठिनाइ भएन । चलचित्रमा युवान (रसलान) का साथ रिलेसन बनाएर जिन्दगीमा मजा लिन चाहन्छु ।
पछिल्लो समय बलिउड अभिनेत्री अभिनयभन्दा पनि आइटममा लोभिएका छन् । तपाईंको आइटम गीत गर्ने सोच छ कि छैन ?
केही अभिनेत्रीले चलचित्र अभिनयले भन्दा पनि आइटम नृत्यले बलिउडमा चर्चा पाएका छन् । यसैका कारणले टिक्न र बिक्न सकेका छन् । त्यसैले राम्रो अफर आयो भने म पनि गर्छु । म एक डान्सर पनि हु ।
भविष्यको योजनात बनाउनुभएको होला नि ?
निर्माणका तयारीमा रहेका धेरै चलचित्रसग कामको कुरा भइरहेको छ । कति चलचित्रको त स्क्रिप्ट अध्ययन गर्दै छु । यीमध्ये केही राम्रा चलचित्र पनि छन् । तर, तत्काललाई भने ‘आई डोन्ट लव यु’ चलचित्रको प्रचारलाई नै समय दिन चाहन्छु । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया