दुर्घटनामा एकजनाको मृत्यू/११ घाईते

Kathamandu Districtकाठमाडौं, ११ असार । काठमाडौंको बाफलमा माइक्रोबस र पानी बोक्ने ट्याङ्कर एकआपसमा ठोकिँदा एकजनाको मृत्यू भएको छ ।
दुर्घटनामा एघार यात्रु घाईते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुर्घटनामा गम्भीर घाईते माईक्रोबसका चालक तनहुँ जिल्ला नाला–२ घर भएका ३४ बर्षीय महेश क्षेत्रीको उपचारका क्रममा मृत्यू भएको हो ।
दमौली–काठमाडौं चल्ने बा.२ ख ४७३८ नम्वरको माइक्रोबस र बा.१ ख ७४१० नम्वरको पानी बोक्ने ट्याङकर सोमबार राति बाफल पुल नजिक ठोक्किएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये ट्याङकरका सहचालक धादिङ जिल्ला घर भएका १८ बर्षीय संजय लामा, पाकिस्तानी महिला २५ बर्षीया तोयवा, १८ बर्षीय उत्सव खकुरेल, ४० बर्षीया उषा खकुरेल र ५२ बर्षीय सानुबाबु पाठकको अवस्था गम्भीर छ ।

प्रतिक्रिया