सिनामंगलबाट चारलाख नगद लुटपाट

rupessकाठमाडौं, ११ असार । अज्ञात व्यक्तिले काठमाडौंको सिनामंगलबाट चारलाख नगद लुटेर भागेको छ ।
फ्युचर ईन्टरनेशनल प्रा.(लि.)का मेनेजर धर्मस्थली–५ घर भएका ३५ बर्षीय विकास लामिछानेको ४ लाख नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लामिछानेसँग रहेका राहदानी ३ थान र बैदेशिक रोजगार सम्बन्धी डकुमेन्टको झोला समेत लुटपाट भएको छ ।
सिनामंगल एयरपोर्ट गोल्डेनगेट नजिकै रहेको मिथिला स्विट एण्ड चाट हाउसको अगाडिबाट आज (मंगलबार) विहान पौने एघार बजे बजे अपरिचित व्यक्तिले रकम रहेको झोल खोसेर लगेको प्रहरी भनाई छ ।
बैदेशिक रोजगारका लागि बिदेश पठाउन लामिछानले १५/२० जनासँग रकम लिएर झोलामा राखेका थिए । झोला आफ्नै छेउमा राखेर गफ गरी रहेका बेला अपरिचित व्यक्तिले पछाडिबाट रकमसहितको झोला लिएर भागेको थियो ।
यसैबीच, प्रहरीले रकम रहेको सो झोला नारायणटारमा फेला पारेको छ । रत्नपार्कबाट एयरपोर्ट हुँदै जोरपाटी चल्ने बा.१ ख ६३८१ नम्वरको बस चालक कृष्णबहादुर माझीले नारायणटारबाट फोन गरेर झोला फेला परेको जानकारी गराएका हुन् ।
चालक माझीले बस भित्र रहेको बेवारिसे झोलादेखे पछि खोलेर हेर्दा लामिछानेको भिजिटिङ कार्ड फेला परेका थिए । उनले नै लामिछानेलाई खबर गरेको प्रहरीले जनाएको छ । झालाबाट प्रहरीले बैदेशि रोजगारी सम्बन्धि डकुमेन्ट र राहदानी मात्र फेला परेको थियो ।

प्रतिक्रिया