राप्रपाका नयाँ केन्द्रीय सदस्यलाई शपथ

Surya-Bd-Thapa-Jiकाठमाडौं, ११ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले केन्द्रीय कार्य समिति विस्तार गरेका छन् ।
अध्यक्ष थापाले २५ जना नेतालाई केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन् । सोमबार नियुक्त केन्द्रीय सदस्यहरुलाई अध्यक्ष थापाले आज (मंगलबार) पार्टी कार्यालय चावहिलमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राप्रपामा १ सय ७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ । ७७ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भई सकेका छन् ।
यस अघि थापाले पाँच केन्द्रीय सदस्य मनोनयन गरी सकेका छन् । २५ जना सदस्य थप गरे पछि केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । यद्यपि अझै केही पदाधिकारी नियुक्ति गर्न भनेका बाँकी ।

अध्यक्ष थापाले इन्द्रप्रसाद ढुङगेल, ठाकुरप्रसाद शर्मा, सूर्यबहादुर केसी, दिनेश न्यौपाने, रामकृष्ण भट्टराई, नीलकण्ठ काफ्ले, आङ्छिरिङ लामा, लगनलाल चौधरी, किरण गिरी, विश्वेश्वर मरवैता, भरतजङ्ग उप्रेती, बाबुराम बस्नेत र नन्दलाल चटौतलाई सदस्यमा नियुक्त गरेका हुन् ।
त्यसै गरी शिवराम थापा, जयकुमार खड्का, जगत थापा, बमबहादुर बस्नेत, भीमप्रसाद गौचन, गोपाल सेंडाई, नरबहादुर बुढा, रामपदारथ शाह, भीमा यादव, मोहनराज मल्ल र मोहन थापापनि केन्द्रीय सदस्यको शपथ लिएका छन् ।

प्रतिक्रिया