काठमाडौं, ११ असार । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका नेता नन्दनकुमार दत्त एमाओवादीमा प्रवेश गरेका छन् ।
कोटेश्वरस्थित पार्टी मुख्यालयमा आज (मंगलबार) आयोजित कार्यक्रममा दत्त एमाओवादीमा प्रवेश गरेका हुन् । उनलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले टीका लगाएर पार्टी प्रवेश गराए ।
नेता दत्तसँगै अन्य नेता तथा कार्यकर्ता पनि एमाओवादीमा प्रवेश गरेका छन् ।
एमालेका पोलिटब्यूरो सदस्य रामचन्द्र झा, उर्मिला अर्याल हालै एमाओवादीमा प्रवेश गरी सकेका छन् ।
प्रतिक्रिया