चीन बिरुद्ध गतिविधि हुन दिँदैनौं : रेग्मी

Khilraj-Regmi'sकाठमाडौं, ११ असार । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र चिनियाँ स्टेट् काउन्सिलर याङ् जेइचीबीच भेटबार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (मंगलबार) भएको भेटबार्तामा दुई मुलुकबीचको सम्बन्ध, राजनीतिक अवस्था, संविधानसभा निर्वाचनलगायतका बारेमा परामर्श भएको जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष रेग्मीले नेपालको राजनीतिक अवस्थाका बारेमा काउन्सिलर याङ्लाई जानकारी गराएका थिए ।
‘नेपाल एकचीन नीतिको पक्षमा छ,’ रेग्मीले भने, ‘चीनका विरुद्ध कुनैपनि गतिविधि गर्न दिँदैनौं ।’ याङ्ले चीनको सुरक्षाप्रति चासो जनाए पछि अध्यक्ष रेग्मीले सो प्रतिबद्धता दोहराएका हुन् । चीन नेपालका आफ्ना विरुद्ध कुनै पनि प्रकारका गतिविधि नहोस् भन्ने चाहन्छ ।
चिनियाँ काउन्सिलर याङ्ले नेपालीको स्थायी राजनीति र समृद्धिप्रति चीनको सधै सहयोग रहने जनाए । उनले संविधानसभा निर्वाचन मंसिर–४ गते नै गर्न सुझाव दिए । ‘नेपाललाई चीनले सहयोग गर्न तयार छ,’ उनले भने, ‘निर्वाचन मंसिर–४ गते नै गर्नुस् । हाम्रो सुझाव छ । सहयोग पनि रहने छ ।’
चिनियाँ काउन्सिलर याङ्को यो भ्रमणलाई नेपालले उच्च महत्व दिएको छ ।

प्रतिक्रिया