नेसनल डिस्ट्रिब्युटर्समा जगदम्बा ओभरसिज

काठमाडौ : शंकर ग्रुप अफ इन्ड्रस्टिज एन्ड ट्रेडिङ हाउसको सहायक इकाइ जगदम्बा ओभरसिजले आफ्नो कम्पनीको १ सय प्लस आइसोटोनिक ड्रिङ्कलाई फ्रेजर एन्ड निभ लिमिटेड फुड एन्ड बेभरेजअन्तर्गत नेसनल डिस्ट्रिब्युटरको रूपमा घोषित गर्ने अनुमति पाएको छ ।

फ्रेजर एण्ड निभ लिमिटेड, फुड एन्ड वेभरेजलगायत पब्लिसिङ र प्रिन्टिङको लागि अग्रणी एसिया प्यासिफिक कन्जुमर ग्रुप हो । यसको फुड एन्ड वेभरेज विभागले नन बियर पदार्थमध्ये सफ्ट ड्रिङ्क, डेरी, आइस क्रिम आदिको उत्पादन, बजारीकरण र बिक्रीवितरण गर्दै आएको छ । शंकर ग्रुप ३० वटा भन्दा बढी कम्पनीसहित विभिन्न व्यवसाय जस्तै अन्तर्राष्ट्रिय व्यापार, स्टिल, माइनिङ, रियल स्टेट, हस्पिट्यालिटी, सिन्थेटिक्स, अटोमोबाइल तथा निर्माण साम्रगीहरू, लगानी, सिमेन्ट आदि काठमाडौंमा एक व्यापारिक घरानाको रूपमा अवस्थित रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया