जैविक विविधता संरक्षण कार्यक्रम प्रभावकारी भएन

चितवन, ११ असार । जौविक विविधता संरक्षणका काम प्रभावकारी नभएको वन समूहका पदाधिकारीहरूले बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र महाभारत पर्वत श्रृंखला जोड्ने बरण्डाभार जैविक मार्ग र त्यसभित्र रहेका ताल तलैया संरक्षणका लागि विभिन्न प्रयास भए पनि काम प्रभावकारी हुन नसकेको उनीहरूले बताएका हुन् ।

नेपाल पत्रकार महासंघ चितवनले आयोजना गरेको जौविक विविधता संरक्षण सम्बन्धी अन्र्तक्रियमा सहभागी स्वयम् चितवनका वन समूहका पदाधिकारीहरू उक्त कुरा बताएका हुन् । विश्वमै दुर्लभ मानिएका बाघ गैंडासहितका वन्यजन्तुले आहाराको खोजी तथा बास स्थानका लागि आवत जावत गर्ने महत्त्वपूर्ण मार्ग भए पनि बरण्डाभार जैविक मार्ग उच्चजोखिममा रहेको उनीहरूको भनाइ थियो । सहभागी अन्य सरेकारवालाले संरक्षणका काम समन्वय र सहकार्य नहुँदा संरक्षण दिगो हुन नसकेको भनाइ राखेका थिए । विशेष वनजंगलका आसपासमा रहेका विभिन्न उद्योगले बरण्डाभार क्षेत्रकै मुहानको प्रयोग गरी आफ्ना उत्पादन लिए पनि संरक्षणमा उनीहरूले दायित्व नलिएकोमा समेत ध्यानाकर्षण गराएका थिए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कँुवरले तत्कालको आवश्यकता र फाइदाभन्दा दिर्घकालीन हितलाई ध्यानमा राखेर काम गर्न सके जैविक विविधता संरक्षणमा सजिलो हुने बताए ।

प्रतिक्रिया