निर्वाचन तोकिएकै समयमा हुन्छ: कोइराला

Sushil Koiralaकाठमाडौं, १० असार । कांग्रेस सभापति सुशील कोइरालाले संविधान–सभा निर्वाचन तोकिएकै समयमा हुने दोहर्‍याएका छन् ।
महाराजगञ्जस्थित आफ्नै निवासमा आज (सोमबार) युवा संघ नेपालको ज्ञापन–पत्र बुझे पछि कोइरालाले निर्वाचनका पक्षमा सबै लाग्नु पर्ने बताए । ‘जनता, अन्तर्राष्ट्रिय जगत र अधिकांश राजनीतिक दल निर्वाचनका पक्षमा छन्,’ उनले भने, ‘अब निर्वाचन रोकिँदैन ।’
उनले निर्वाचन रोक्न खोज्ने शक्ति आफैं परास्त हुने बताए । ‘नेकपा–माओवादी, मधेसी जनअधिकार फोरमलगायतका दल निर्वाचनमा सहभागी हुन्छन्,’ उनले भने, ‘वार्ताका लागि पहल भईरहेको छ ।’
सभापति कोइरालाले स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए । उनले स्थानीय निकायको करोडौंको भ्रष्टाचार रोक्नका लागि निर्वाचन पनि गर्नै पर्ने बताए । ‘अब स्थानीय निकायको निर्वाचन गर्न दबाब सृजना गर्नु पर्छ,’ उनले भने ।

प्रतिक्रिया