दर्शक ह्यानसम भिलेन चाहन्छन् : भानु

Bhanuकाठमाडौं : पछिल्लो समय चलचित्रका व्यावसाय शून्य भए पनि निर्माण हुने क्रम भने बढ्दो छ । बढ्दो निर्माण क्रमसँगै चलचित्रका विषयवस्तुमा पनि भेराइटी प्रयोग हुन थालेका छन् । भेराइटी दिने क्रममा देख्दैमा डरलाग्दो, घिनलाग्दो, ठूलो शरीर भएको खलपात्र देखाइने चलन बिस्तारै परिवर्तित हँदै छन् । डरलाग्दो भिलेनको साटोमा ह्यान्डसम भिलेन देखापर्ने क्रम बढ्दो छ । यो क्रमले चलचित्र क्षेत्रमा केही ह्यान्डसम खलपात्र अभिनयमा भित्रीएका छन् । यी मध्येका एक हुन् भानु प्रताप ।
०५९ मा सानोपर्दाको शृंखला थोरै भए पुगिसरीबाट अभिनयमा प्रवेश गरेका भानु अहिले चलचित्र क्षेत्रमा ह्यान्डसम खलपात्रका रूपमा चिनिन्छन् । स्थियी ठेगाना झापा भए पनि हाल काठमाडौंबाटै आफ्नो कलाकारितालाई अगाडि बढाइरहेका भानुले माटोले माग्दैन, नारी, दाइजोलगायत आधा दर्जनभन्दा माथि धारावाहिक शृंखलाका अभिनयपछि ठूलो पर्दामा पाइला बढाएका हुन् ।
झट्ट हेर्दा हिरो लाग्ने भानु चलचित्रमा भने भिलेकाको भूमिका निर्वाह गर्दछन् । मलाई अभिनय भिलेनको गर्न मनपर्छ । भानुले भने पछिल्लो समय चलचित्रमा क्यारेक्टर भिलेन बनाउने चलन छ । त्यसैले पनि आफू भिलेनको अभिनयमा लागिपरेको हो । हेर्दा हिरो देखिनेको भिलेन अभिनय दर्शकका लागि नौलो स्वाद हुने उनको कथन छ ।
विजय बस्नेतद्वारा निर्देशित चलचित्र दलालमार्फत भिलेन अभिनयमा प्रवेश गरेका भानुले हालै छायांकन सकिएको निर्देशक शोभित बस्नेतको चलचित्र टिचरमा पनि भिलेनकै भूमिका निर्वाह गरेका छन् । त्यसो त छायांकनका क्रममा रहेको चलचित्र बर्दीमा उनी हालै भिलेनकै रूपमा अनुबन्धित भएका छन् भने केही चलचित्रमा कुरा चलिरहेको छ । भिलेनको आफूलाई सुहाउने र अभिनय गर्दा पनि मज्जा आउने उनी बताउँछन् । उनी भन्छन्, ‘प्राय: अभिनयमा आउने कलाकार हिरो बन्नका लागि भनेर आउँछन् । म भने भिलेनै बन्नका लागि अभिनयमा प्रवेश गरेको हुँ ।’
भिलेनको भूमिका च्यालेन्जी भएको भानुले बुझेका छन् । त्यसैले पनि यो नै भूमिका आफूले रोजेको उनले थपे । पछिल्लो समय दर्शकका भिलेनप्रति हेर्ने दृष्टिकोण फेरिएकाले पनि भिलेन अभिनय सजिलो भएको उनले महसुस गरेका छन् ।
आफ्नो नेगेटिभ भूमिका प्राय: युवा दर्शकले मन पराएको उनले पाएका छन् । त्यसैले पनि अबका दिनमा उनी नेगेटिभ भूमिकालाई अगाडि बढाउने सोचमा छन् । सानै देखिको अभिनय मोहले कलाकारिता प्रवेश गरेको बताउने भानुको नेगेटिभ भूमिकाको अभिनयका कारणले परिवारले गुनासो त गर्छन् होला नि ? प्रश्न राख्न नपाउँदै उनले झट्ट जवाफ फर्काए परिवारले त झन् हौस्याएका छन् । तपाईंलाई त्यो भूमिका सुहाएको छ । अझ यस्तो भूमिका धेरै गर्नुपर्छ । परिवारका सदस्यले उनलाई भन्ने शब्द हो यो । परिवारका यी भनाइले आफूलाई अझ भिलेनकै रूपमा अगाडि बढ्न सजिलो भएको उनले बताए । (सौस)

प्रतिक्रिया