विद्यार्थीद्धारा वृद्वाश्रमलाई सहयोग

काठमाडौं, १० असार । तीनकुनेस्थित नासा इन्टरनेसनल कलेजमा अध्ययनरत स्नातक तहका विद्यार्थीबाट संकलन भएको रकम नि:साहय सेवा सदन नामक वृद्धाश्रमलाई दिइएको छ ।

नासा फनफेयर–२०१३ कार्यक्रमबाट संकलन भएको पच्चीस हजार रुपियाँ आइतबार वृद्धाश्रमलाई दिइएको हो । एक कार्यक्रमबीच कलेजका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारीले रकम सेवा सदनका अध्यक्ष सगुन शाहलाई हस्तान्तरण गरे ।
उक्त सेवा सदनमा ४२ जना वृद्धवृद्धा छन् । सदनका अध्यक्ष शाहले आर्थिक रूपबाट अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको अवस्थामा गरिएको प्राप्त रकमले सहयोग मिल्ने बताए ।

प्रतिक्रिया