मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार स्थापना

काठमाडौं, १० असार । मदन भण्डारी मेमोरियल कलेजले यसै वर्षदेखि मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । कलेजले सामाजिक उत्तरदायित्वको क्षेत्र थप विस्तार गर्ने कार्यक्रमअन्तर्गत पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

क्याम्पस प्रमुख चैतन्य शर्माका अनुसार शिक्षा विटमा पत्रकारिता गर्दै आइरहेका र पत्रकारिता शिक्षामा योगदान पुर्‍याउँदै आएका व्यक्तिहरूलाई उक्त पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि २५ हजार रहेको छ । प्रत्येक वर्ष कलेज स्थापना दिवस असार १४ गते पुरस्कार प्रदान गरिनेछ ।
यस वर्षका लागि मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि त्रिविका पूर्वउपकुलपति प्रा.डा. कमलकृष्ण जोशी अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले र क्याम्पसका प्रमुख चैतन्य शर्मा सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरिएको छ ।
गुणस्तरीय उच्च शिक्षाको पहुँच सर्वसाधारणसम्म पुग्नुपर्छ भन्ने उद्देश्यका साथ जननेता मदनकुमार भण्डारीको नाममा स्थापित कलेजले छोटो अवधिमा नै नेपालको उच्च शिक्षाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया