सखुवाको काठ बरामद

Sal-Ko-Kathताप्लेजुङ, १० असार । सशस्त्र प्रहरी बल ताप्लेजुङले आइतबार अवैध रूपमा ओसारपसार गरिरहेको ठूलो परिमाणको सखुवाको काठ बरामद गरेको छ । सदरमुकामनजिकै रहेको नाङ्खोल्याङ गाविसबाट जंगलमै लुकाइ छिपाइ राखिएको सखुवाको गोलिया बरामद गरिएको सशस्त्र प्रहरीले बताएको छ ।

अवैध ढंगले सखुवाको काठ कटान भइरहेको गोप्य सूचना पाएपछि कञ्चनजंघा सशस्त्र प्रहरी बल ताप्लेजुङका प्रहरी निरीक्षक टेकेन्द्र थापाको नेतृत्वमा गएको प्रहरी टोलीले ५२ दशमलव ३२ क्युविक फिट काठ बरामद गरेको हो । अवैध काठ तस्करहरूको खोजी कार्य भइरहेको सशस्त्र प्रहरीबल कञ्चनजंघा गुल्मका गुल्मपति भरतबहादुर बस्नेतले बताए । बरामद गरिएको काठ आइतबार नै जिल्ला वन कार्यालय ताप्लेजुङमा बुझाइएको छ ।
यता वन कार्यालयलाई बुझाइएको काठको बजार मूल्यअनुसार दुई लाख रुपियाँ बढी पर्ने भए पनि सरकारी मूल्यदरअनुसार भने करिब ३० हजार रुपियाँ मूल्य बराबरको मात्र भएको जिल्ला वन कार्यालयका अधिकृत नरेश ठाकुरले बताए । वन अधिकृत ठाकुरका अनुसार सरकारी दरमा प्रतिञ क्युविक फिट पाँच सय रुपियाँ मूल्य पर्दछ ।

प्रतिक्रिया