बिषालु च्याउका कारण १५ जना विरामी

mos roomदेउखुरी, ९ असार । विषालु च्याउ खाँदा दाङको देउखुरीस्थित बेला गाविसको गनेरिया गाउँका अधिकांश स्थानीय विरामी परेको छ । च्याउको तरकारी खाँदा एकबालकको मृत्यू समेत भएको छ ।
लालमटिया–९, पिरखुटीमा एउटै परिवारका ५ जना विरामी परेका छन् । शनिबार राति विषालु च्याउको तरकारी खाएका उनीहरु सिकिस्त विरामी परेका हुन् ।
उता, विषालु च्याउको तरकारी खाँदा काभ्रे–१, पुरुङगका १२ वर्षीय विशाल खड्काको मृत्यू भएको छ । उनको उपचारका क्रममा मृत्यू भएको हो ।
यस्तै, च्याउ खाँदा वेला–२, गनेरीया गाउँका अधिकांश स्थानीय विरामी परेका छन् । गाउँनै विरामी परेपछि शनिबार राति विरामी ओसार्न समस्या परेको थियो ।
लालमटीया–९, पिरखुट्टीका ६५ वर्षीय रुद्रबहादुर कुमालको ६ जनाको परिवार पनि सिकिस्त विरामी परेका छन् । वेला र लालमटिया गाविसका १४ जनाको अस्पतालमा उपचार भईरहेको छ ।
च्याउको तरकारी खाएर वेला–२, गनेरियाकी ६० वर्षीय रमा पुलामी, १६ वर्षीय सृजना पुलामी, १८ वर्षीय मानबहादुर पुलामी, ६० वर्षीय यादव घर्ती र यादवकी पत्नी तथा १२ वर्षीय पेरी वुढामगर, ८ वर्षीय खेम घर्ती, १४ वर्षीय खड्कबहादुर वुढामगर, ३३ वर्षीय जितबहादुर घर्ती विरामी परेका छन् ।
लालमटिया–९, पिपरखुट्टीकी १९ वर्षीय शोभा कुमाल, ६२ वर्षीय कृडा कुमाल, २२ वर्षीय विष्णु कुमाल, ६५ वर्षीय रुद्र बहादुर कुमाल, १८ वर्षीया सुशीला कुमाल पनि विषालु च्याउको तरकारी खाँदा विरामी परेको इलाका प्रहरी कार्यालय लमहीका प्रमुख महेन्द्र नेपालले जानकारी दिए ।
यसैबीच, देउखुरीकै सिसहनिया–८ मा कुलोमा डुबेर सुवास चौधरीका २१ महिनाका छोरा सुरज चौधरी र शरद चौधरीका दुई वर्षका छोरा अरुण चौधरीको मृत्यू भएको छ ।
घरनजिकै खेल्ने क्रममा उनीहरु कुलोमा खसेर मृत्यू भएको प्रहरी भनाई छ ।

प्रतिक्रिया