म हराएकी छैन : तनिशा

मुम्बई : अभिनेत्री तनिशा मुखर्जी बलिउड चलचित्र अभिनयमा त्यति सफल हुन भने सकिनन् । तैपनि, अभिनयमा उनी लागिपरेकी छन् । त्यसो त उनलाई अभिनयमा जम्न घरबाट भरपुर मद्दत नभएको पनि होइन । बैनी रानी र आमा Tanisha_Mukherjeeतनुजाले उनलाई भरपुर मद्दत गरेका छन् ।
‘म अभिनयमा अहिले जुन स्थानमा छु, यहाँ आइपुग्न बैनी र आमाको भूमिका महत्त्वपूर्ण छ,’ तनिशाले भनिन्, ‘यी दुवैका साथ नहँुदो हो त म अहिलेको स्थानमा आइपुग्न सक्दैनथेँ ।’ यी दुवैका साथले थप बल पुगेको उनले सुनाइन् ।
एक दशकअघि चलचित्र ‘शश्श्’ अभिनय सँगै बलिवुड करियर सुरु गरेकी तनिशाले ‘ट्यांगो चार्ली,’ ‘सरकार’ र ‘नील एन्ड निक्की’लगायत आधा दर्जन बलिउड चलचित्रमा अभिनय गरेकी छन् । तैपनि, उनी बलिउड अभिनेत्रीका रूपमा त्यति चिनिन सफल भएकी छैनन् । जति उनकी बैनी काजोल चिनिन्छन् ।
तनिशालाई बलिउडमा स्थापित हुन सजिलो हुनुपर्ने हो किनभने उनी प्रतिष्ठित फिल्मी परिवारकी सदस्य हुन् । उनकी हजुरआमा शोभना ५० को दशककी चर्चित अभिनेत्री हुन् भने हजुरबुबा सुधिर मुखर्जी सोही समयमा हिन्दी चलचित्रका अग्रणी मानिन्छन् । उनका बुबा सोमु मुखर्जीले ‘संगदिल सनम’र ‘पत्थर के इन्सान’ जस्ता चलचित्रसमेत बलिउडमा निर्माण गरेका छन् ।
पछिल्लो केही समयदेखि चलचित्र अभिनयबाट हराएकी तनिशा आफू चलचित्र क्षेत्रभन्दा बाहिर नरहेको बताउँछिन् । उनी भन्छिन्, ‘म चलचित्र क्षेत्रबाट कहिल्यै पनि बाहिर रहन सक्दिनँ । तर, पछिल्लो केही समय चलचित्रको पर्दाबाहिर रहनुको कारण उनले निर्माण भएको बताइन् ।
बलिउडका अलावा भारतीय क्षेत्रीय चलचित्रका समेत अभिनयमा क्रियाशील तनिशा आºनो बलिउड चलचित्रमा कम आउनुको कारण क्षेत्रीय चलचित्र अभिनयमा क्रियाशील रहनुले भएको बताउँछिन् । (एजेन्सी)्र

प्रतिक्रिया