चार स्रष्टा सम्मानित

Ambar-Gurungकाठमाडौं : नेपालमै पहिलोपटक मनाउन लागिएको विश्व संगीत दिवसको अवसर पारेर नेपाल सांगीतिक संघले चार स्रष्टालाई एकै साथ सम्मान गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा संघले राष्ट्रकवि माधवप्रसाद घिमिरे, गायक फत्तेमान राजभण्डारी, संगीतकार अम्बर गुरुङ, वाद्यवादक गोपालनाथ योगीलाई सम्मानित गर्‍यो ।
यी चारै स्रष्टालाई गीतसंगीत क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो । गायक/गायिका, गीतकार, संगीतकारका हकअधिकारका लागि भन्दै खुलेको सांगीतिक संघको भर्खरै निर्वाचित नयाा कार्यसमितिले विश्व संगीत दिवसलाई भव्य रूपमा मनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा चर्चित कलाकर्मीका साथमा संगीत रोयल्टी संकलन समाज, प्रस्तोता समाज, संगीत उद्योग संघ, प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयलगायत संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । (सौस)

प्रतिक्रिया