भारतमा पहिरोले पुरिएर ६ नेपालीको मृत्यु

जाजरकोट, ८ असार । कमाइ गर्न भारतको गौरीकुण्ड गएका जाजरकोटका ६ युवाको बाढीपहिरोमा परेर मृत्यु भएको भएको छ । मृत्यु हुनेमा टालेगाउँ–४ का अविबहादुर सिंह, बखत सिंह, वीरेन्द्र सिंह, धीरेन्द्र सिंह, विवेक सिंह र वडा नं ७ का हरिबहादुर शाही रहेको स्थानीय मानबहादुर सिंहले बताए ।

उनीहरूको मृत्युको खबरले पूरै गाउँ शोकाकुल भएको छ । आफन्तले मृतकको शव घरपरिवारलाई बुझाइदिन सरकारसँग माग गरेका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी रमेश थापाले सँगैका साथी र आफन्तको फोनका आधारमा मृतक भनिए पनि पुष्टि गर्न कठिन भएको बताए । समाचारअनुसार उनीहरू वैशाखको दोस्रो साता गौरीकुण्ड गएका थिए ।

प्रतिक्रिया