दार्चुला कटानमा हाम्रो गल्ती छैन : भारत

indian-Releaseकाठमाडौं, ७ असार । भारत सरकारले धौलीगंगा बाँध खोलेका कारण महाकाली नदीमा बाढी आएको भन्ने सञ्चारमाध्यकका समाचारको खण्डन गरेको छ ।
नेपालस्थित भारतीय राजदूतावासले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर धौलीगंगा बाँधसँग दार्चुला जिल्लाको सदरमुकाम कटानसँग कुनै सम्बन्ध नरहेको जनाएको हो ।
‘भारतले धौलीगंगाका बाँधका जलधारहरु खोले पछि नेपालको दार्चुला जिल्लामा बाढी आएको भन्ने सम्बन्धि सञ्चारमाध्यममा आएका समाचारहरुको हामी अध्ययन गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।
बाँधसम्म पुग्ने बाटो समेत भत्किएको जनाएको भारतले बाँधको पानी नखोलेको दाबी गरेको छ । ‘भारत र नेपालका तल्लो तटीय क्षेत्रमा मनसुनसँग सम्बन्धित बाढीमा धौलीगँगा बाँधको कुनै प्रभाव हुँदैन,’ भारतले भनेको छ ।
केही सञ्चारमाध्यमले भारतीले धौलीगँगाको बाँध खोलेका कारण दार्चुलामा बाढी आई कटान तथा जनधनको क्षति भएका समाचार प्रकाशित गरे पछि भारतले खण्डन गरेको हो ।

प्रतिक्रिया