पहिरोमा पुरिएर पति र पत्नीको मृत्यू

doti
डोटी, ६ असार । डोटी जिल्लामा पहिरोले पुरिएर पति र पत्नीको मृत्यू भएको छ ।
काडामाण्डौ–२, चौखुट्टेमा बुधबार राति झरेको पहिरोले पुरिएर ५५ बर्षीय अमरसिंह बोगटी र ४८ बर्षीया कृथीदेबी वोगटीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
स्थानीयको सहयोगमा बोगटी दम्पत्तिको शव स्थानीय र प्रहरीको सहयोगमा पहिरोबाट बाहिर निकालिएको छ ।
बढी र पहिलोका कारण डोटी जिल्लामा मात्रै चारजनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया