एमालेको केन्द्रीय कमिटी स्थागित

umlकाठमाडौं, ५ असार । एमालेले आफ्नो केन्द्रीय कमिटी बैठक एकमहिना पछि सारेको छ ।
पार्टी मुख्यालयमा आज (बुधबार) बसेको स्थायी समिति बैठकले एकमहिना पछि बस्ने गरी केन्द्रीय कमिटी बैठक सारेको जानकारी दिए । बैठक सार्नुको कारण बारेमा उनले केही बताएनन् ।
यद्यपि उनले थप गृहकार्य आवश्यक भएकाले साउनको पहिलो सातासम्मका लागि बैठक स्थगित गरेको उल्लेख गरे ।

प्रतिक्रिया