सकियो थारू चलचित्र महोत्सव

काठमाडौं । प्रथम राष्ट्रिय थारू चलचित्र महोत्वस सम्पन्न भएको छ । सोमबारबाट सुनसरीको झुम्कामा सुरु भएको महोत्सव Tharu-Filmमंगलबार सकिएको हो । महोत्सवको उद्घाटन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । कार्यक्रममा दाहालले परिवर्तनलाई संस्थागत गर्न कलाकार र चलचित्रकर्मीलाई सुझाव दिए ।
‘परिवर्तन संस्थागत राजनीतिक दलका नेताले मात्रै गर्न सक्दैनन्, अरू क्षेत्र र वर्गको पनि साथ–सहयोग आवश्यक छ,’ उनले भने, ‘थारू चलचित्र महोत्सवले पनि परिवर्तनलाई संस्थागत गर्न मद्दत गर्छ ।’
तराई आदिवासी कला सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको महोत्सवमा थारू कलाकारले गीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए । महोत्सवमा थारू भषाका चलचित्र प्रदर्शन गरिएको छ । चलचित्रको प्राविधिक पक्ष तथा विषयवस्तुको स्तरीयताबारे विज्ञहरूसँग छलफलको कार्यक्रमसमेत महोत्सवमा राखिएको थियो ।

प्रतिक्रिया