रेडपाण्डाको छालासहित तामाङ पक्राउ

Redpandaकाठमाडौं, ४ असार । काठमाडौंबाट प्रहरीले दुर्लघ बन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ ।
गुम्बा–५ घर भएका २८ बर्षीय सरोज भन्ने बाङ्तुप तामाङलाई प्रहरीले सोमबार रेडपाण्डाको छालासहित पक्राउ गरेको जनाएको छ ।
काठमाडौ–११ सुन्धारास्थित कृष्णप्रसाद गौतमले संचालन गरेको नमस्ते गेष्टहाउसको कोठा नम्ब–७ बाट केन्द्रीय अनुसन्धान व्यूरो र प्रहरी प्रभाग जनसेवाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको थियो ।
तामाङलाई दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित थप अनुसन्धान एबं कारबाहीका लागि केन्द्रीय अनुसन्धान व्युरोमा लगिएको छ । (फाईल तस्विर)

प्रतिक्रिया