खोलाले बगाएर साउँदको मृत्यू

डडेल्धुरा, ४ असार । डडेल्धुराको जोगवुढा–४, घुम्टेगडा गाउँका एकबालकलाई खोलाले बगाएको छ ।
घुम्टेगडा खोला तर्न खोज्दा स्थानीय दानसिह साउँदका ८ वर्षीय छोरा राकेश साउँदलाई आज (मंगलबार) खोलाले बगाएर मृत्यू भएको ईलाका प्रहरी कार्यालय जोगवुढाका प्रहरी निरीक्षक सूर्य चन्दले बताए ।
महाकाली नदीमा आएको वाढीले जोगवुढा सिसमजला गाउँको एकपसल पनि बगाएको छ । नदीले दर्जन परिवार बिस्तापित भएका छन् ।

प्रतिक्रिया