पहिरोमा एकै परिवारका पाँच जनाको मृत्यु

baitadiडडेल्धुरा ४ असार । बैतडी सिद्धेश्वर गाविस ९मा पहिरो जादा एकै घरका पाँच जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा परेको ४ दिन देखिको अविरल बर्षाले एकै परिवारका ५ जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ३४ वर्षीया कलावति ऐर, २६ वर्षीया सिता ऐर, उनकै १ वर्षीय छोरा अर्जुन ऐर, ३ वर्षीया छोरी विन्देश्वरी ऐर, १२ वर्षीया परमेश्वर रहेको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालय खोड्पे, पाटनबाट गएको प्रहरी टोलीले उद्धार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ४ जनाको शव पहिरोमा पुरिएको अवस्थाबाट निकालिएको भए पनि १२ वर्षीया परमेश्वर ऐरको लास नभेटिएको प्रहरी निरीक्षक मनोज शाहीले बताए ।
यस्तै अविरल बर्षाले डडेल्धुरा जिल्ला शिर्ष गाविस ९ परिगाउका १८ परिवार र जोगबुडा गाविस ३ तातापानीका २५ परिवार विस्थापित भएका छन् । विस्थापितहरु आफ्न्तहरुको घरमा बसिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी कृष्ण प्रसाईले बताए ।

 

 

 

प्रतिक्रिया