नो स्मोकिङ आजबाट

Jharana-Thapaकाठमाडौं : चलचित्र ‘नो स्मोकिङ’को छायांकन सुरु हुने भएको छ । पटकपटक प्रचारप्रसार गरिए पनि सुरु हुन नसकेको यस चलचित्र मंगलबारबाट छायांकनमा जाने निर्देशक सुमन दाहालले जानकारी गराए ।
सिन्धुपाल्चोक, दोलखा, काठमाडौंलगायत स्थानमा छायांकन गरिने यस चलचत्रिमा झरना थापा, सञ्जय खतिवडा, महिमा सिलवाल, रमेश बुढाथोकी, दिनेश डिसी, दिनेश देवकोटा, अमृता पाण्डे लगायतकाको अभिनय रहनेछ । खैरावङ्ग फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई मुरारी पोखरेलले निर्माण गर्न लागेका हुन् ।
आधा दर्जन चलचित्रमा असिस्टेन्ट पश्चात मन परेपछि चलचित्रमार्फत निर्देशनमा हात बढाएका दाहाललको यो दोस्रो चलचित्र हो । निर्माता पोखरेलकै कथामा अनमोल शर्मा, सरोज प्याकुरेल र शंकर अधिकारीले पटकथा संवाद तयार पारेका हुन् । चलचित्रमा टंक बुढाथोकीको संगीत, दिव्य सुवेदीको छायाँकन तथा हिमाल केसीको द्वन्द्व समेटिने भएको छ । (सौस)

प्रतिक्रिया