उपचारका लागि डा.यादव जापान प्रस्थान

Untitled-1काठमाडौं, ३ असार । राष्ट्रपति डा.रामवरण यादव उपचारका लागि आज (सोमबार) मित्रराष्ट्र जापान प्रस्थान गरेका छन् ।
डा.यादव आफ्नो पेटमा देखिएको रोगको उपचारका लागि जापान प्रस्थान गरेका हुन् । उनको सम्पूर्ण उपचारको खर्च नेपाल सरकारले गर्ने छ ।
यसैबीच, डा.यादवले आफ्नो अनुपस्थितिमा कार्यबाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति परमानन्द झालाई दिएका छन् ।
अन्तरिम संविधान ६३ को धारा ६६ (छ) को उपधारा (२) बमोजिम राष्ट्रपतिद्वारा गरिने कार्यसम्पादनको जिम्मवारी उपराष्ट्रपति झालाई दिईएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया