एकीकृत जनस्वास्थ्य अभियानबाट करिब १२ हजारले सेवा लिए

दोलखा, ३ असार । जिल्ला स्वास्थ्य कार्यालय दोलखाले सञ्चालन गरेको एकीकृत जनस्वास्थ्य अभियानबाट यहाका करिब १२ हजार लावान्वित भएका छन् । दोलखाका उत्तरी तथा दक्षिणी दुर्गम ५ गाविसमा स्वास्थ्य सेवा अपुग भएको महसुस गरी अभियान सञ्चालन गरिएको थियो । वरिष्ठ जनस्वास्थ्य अधिकृत वसन्त अधिकारीका अनुसार उत्तरी दुर्गमका खोपाचागु, आलम्पु र कालिञ्चोक तथा दक्षिणीका च्यामा, हावा र झुले गाविसमा सबैले सुलभ ढंगबाट स्वास्थ्य सेवा पाउन भनी तीन चरणमा यो अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणको महिला स्वास्थ्य स्वयंसेवीका सेवामा घरभेट स्वास्थ्य सेवा, स्वास्थ्यकर्मीसँग–सँगै १५ वर्ष मुनिकालाई जुकाको औषधि, गर्भवती महिलालाई आइरन चक्की खुवाउने काम र आमा समूहमार्फत् झाडापखाडा नियन्त्रणका लागि पानी शुद्धीकरण गर्न क्लोरिन चक्कीको प्रयोग गर्न गाउने कााम भएको थियो । पहिलो चरणमै परिवार नियोजनका लागि कन्डम, पिल्स आदि

वितरण, सुत्केरीपछिका आमालाई भिटामिन खुवाउने र स्वास्थ्य शिक्षा दिनेसमेतका कामबाट यी गाविसका ६ हजार सात सय ७४ जनाले सेवा पाएका हुन् । दोस्रो चरणमा वडा स्तरीय गाउँघर क्लिनिक स्वास्थ्य सेवा सञ्चालन, खोप सेवा, गर्भ जाँच, प्रसूति सेवा, उपचार तथा औषधि वितरण, परिवार नियोजन स्वास्थ्य सेवा आदिबाट एक हजार चार सय ३१ जनाले सेवा पाएका छन् । तेस्रो चरणको बृहत्तर स्वास्थ्य शिविर ६ ओटै गाविसलाई पायक पर्ने उत्तरी क्षेत्रको खोपाचागुको सोरूङ खोलामा र दक्षिण भेगको जफेको छौडेमा सञ्चालन गरिएको थियो । यसमा एक हजार सात सय ४४ जनाले स्वास्थ्य परीक्षण र उपचार, दुई सय २४ जनाले दन्त सेवा, ६ सय ९७ जनाले आँखाको सेवा, ८१ जनाले ल्याव सेवा, दुई ५२ जनाले भिडियो एक्सरे सेवा, दुई ७० जनाले गर्भ जाँच एवं पाठेघर खस्ने समस्याको सेवा र तीन सय ९८ जनाले स्वास्थ्य शिक्षा पाएको उनले जानकारी दिए

प्रतिक्रिया