निर्वाचनमा सबैलाई सहभागी गराउनु पर्छ

Shankar-Pokhare-4काठमाडौं, २ असार । एमालेका सचिव शंकर पोखरेलले संविधानसभाको निर्वाचन बढिभन्दा बढि शक्तिहरुलाई सहभागी गराउनु पर्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा पोखरेलले निर्वाचनप्रति असन्तुष्ट शक्तिहरुलाई सहमतिमा ल्याउन सरकारले जिम्मेवारपूर्वक पहल गर्नुपर्ने बताए । उनले आगामी मङ्सिर चार गतेका लागि घोषित निर्वाचन निर्धारित समयमै हुने पनि बताए ।
‘सरकारले निर्वाचनको वातावरणलाई प्रभावकारी बनाउन सक्रिय रुपमा लाग्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि सरकारले अब कसैको निर्देशन पर्खनुपर्दैन ।’

प्रतिक्रिया