आन्दोलनरत दलहरुको माग पुरा गर्न सुझाव

rastriya manb aadhikar aayogकाठमाडौं, २ असार । राष्ट्रिय मानव अधिकार आयोगले नेकपा–माओवादीसहितका साना दलहरुद्वारा गरिएको नेपाल बन्दप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आज (आइतबार) विज्ञप्ति जारी गरेर माग पुरागराउन गरिएको बन्दले सर्वसाधारण नागरिकको अधिकार हनन् भएको जनाएको हो ।
‘देशमा दोस्रो संविधानसभाको चुनावको मिति घोषणा भएको पृष्ठभूमिमा नेकपा–माओवादीलगायतका राजनीतिक दलहरूले विविध राजनीतिक माग राख्दै आयोजना गरेको नेपाल बन्द र यसले जनजीवनमा पारेको प्रभावबारे आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्ति भनिएको छ ।
उसले समय–समयमा विभिन्न राजनीतिक दल तथा अन्दोलनरत पक्षहरूले आफ्ना माग पूरा गराउन अयोजना गर्ने बन्दले सर्वसाधारण नागरिकको जीविका, शिक्षा, स्वास्थ्य, आवगमनजस्ता मौलिक अधिकार र समग्रमा देशको विकास एवम् अर्थतन्त्रमा नै नकारात्मक असर पार्ने जनाएको छ ।
यसैगरी, आयोगले आन्दोलनरत दलहरूले अघि सारेका माग वार्ता र सम्वादको माध्यमबाट सम्बोधन गर्न पनि सरकार र प्रमुख चार राजनीतिक शक्तिलाई भनेको छ ।

प्रतिक्रिया