बन्दका कारण जनजीवन प्रभावित

Bandaकाठमाडौं, २ असार । नेकपा–माओवादीसहितका साना दलहरुको बन्दका कारण आज (आइतबार)  राजधानीलगायत मुलुक भरिको जनजीवन कष्टकर बनेको छ ।

बन्दले शैक्षिक संस्था, सवारी साधन, उद्योग, बजारलगायतका क्षेत्र प्रभावित भएका छन् । प्रमुख बजार, उद्योग, विद्यालय बन्द भए पछि सुनसान छाएको छ ।
बन्द सफल बनाउन नेकपा–माओवादीका कार्यकर्ता विहानै सडक र चौकमा निस्किएर प्रदर्शन गरेका छन् । उनीहरुको अवरोध पछि सवारी साधन चल्न नसकेका हुन् ।

सरकार र प्रमुख चार राजनीतिक शक्तिले आफूहरुसँग परामर्शै नगरेर निर्वाचनको मिति घोषणा गरेको भन्दै नेकपा–माओवादीसहितका साना दलहरुले बन्द आह्वान गरेका छन् ।

यसैवीच, बन्दको अवज्ञा गरेको भन्दै दाङमा आईतवार विहानै दुई वटा यातायातका साधनमा तोडफोड भएको छ । नेकपा–माओवादीका कार्यकर्ताले लु १ ख ३२३८ नम्वरको बस र ना ४ ख ८२७३ नम्वरको ट्रकमा तोडफोड गरेर क्षतिपुर्‍याएका हुन् ।
सवारी साधनमा बन्दकर्ताले घोराही–लमही सडक खण्डको कटुवा खोला नजिकै तोडफोड गरेका हुन् । (फाईल तस्विर)

प्रतिक्रिया