मिसेज नेपाल आइकनमा २० छानिए

Tarunisललितपुर : मिसेज नेपाल आइकन २०१३ को पहिलो अडिसन सकिएको छ । शनिबार ललितपुमा आयोजित पहिलो अडिसनबाट २० प्रतियोगी दोस्रो चरणका लागि छनौटमा परेका छन् । विवाहित महिलाहरूको आन्तरिक प्रतिभा विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक अल नेपाल पब्लिकेसन्स एन्ड एडभरटिइजिङ एजेन्सीले जानकारी गराएको छ ।
प्रतियोगितामा व्यक्तित्व विकास, नेपाली समाजमा महिलाको भूमिका, सकारात्मक सोचलगायतको विषयमा प्रशिक्षण दिइने आयोजक संस्थामा लवबहादुर कार्कीले बताए ।
हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगिता दोस्रो अडिसन आगामी साता हुनेछ । आउँदो साउन महिनाको पहिलो साता प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुनेछ । (सौस)

प्रतिक्रिया