मूल्यवृद्धि ८ दशमलव ७ प्रतिशत

Nepal-Rastra-Bankकाठमाडौं, २ असार । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुद्रास्फीति ८ दशमलव ७ प्रतिशतमा सीमित रहेको छ । राष्ट्र बैंकले संशोधित प्रक्षेपणमा मूल्यवृद्धि ८ प्रतिशतमा सीमित राख्ने घोषणा गरेको थियो । समीक्षा महिनामा वार्षिक बिन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकांकको वृद्धिदर ८ दशमलव ७ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको सूचकांकमा ८ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मूल्य सूचकांकमा क्रमश: ७.१ प्रतिशत र १०.१ प्रतिशतले वृद्धि भएको थियो ।

०७० वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुमध्ये माछामासु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांकको वृद्धिदर सबैभन्दा बढी अर्थात् १६ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त उप–समूहको मूल्य सूचकांकमा १० दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । मसला र खाद्यान्न उप–समूहको मूल्य सूचकांकमा ०७० वैशाख महिनामा क्रमश: १२ दशमलव ९ प्रतिशत र १२ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी उप–समूहको मूल्य सूचकाकमा १२ दशमलव २ प्रतिशत र १ दशमलव ९ प्रतिशतले ह्रास भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा १ दशमलव ३ प्रतिशत र ९ प्रतिशतले वृद्धि भएको दलहन र सुर्तीजन्य पदार्थ उप–समूहको मूल्य सूचकांक ०७० बैशाखमा १२ दशमलव ४ प्रतिशत र ११ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, चालु आवको पहिलो १० महिनामा देशको व्यापार घाटा बढेर २२ दशमलव ७ प्रतिशतले वृद्धि भई ३९५ अर्ब २३ करोड पुगेको छ । देशको व्यापार घाटाको तुलनामा देशको वस्तुको वस्तु निर्यात भने अझै बढ्न सकेको छैन । देशको वस्तु निर्यात चालु आवको पहिलो १० महिनामा ६३ अर्ब ३३ करोड रुपियाँ मात्र पुगेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात भने १९ दशमलव ७ प्रतिशतले बढेर ४५८ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९ दशमलव २ प्रतिशतले वृद्धि भई ३८३ अर्ब १ करोड रहेको थियो । विशेष गरी भारततर्फको आयात उच्च दरले बढेकाले कुल वस्तु आयातको वृद्धिदर अघिल्लो वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा उच्च रहन गएको हो । मासिक रुपमा हेर्दा बैशाख महिनामा कुल वस्तु आयात चैतको तुलनामा ३ प्रतिशतले बढेको छ । कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको १४ दशमलव ९ प्रतिशत वृद्धिको
नेपालको वस्तु निर्यात व्यापारमा निरन्तर गिरावट रहे पनि सेवा व् यापारमा भने केही महिनादेखि बचतमा रहन गएको छ । चालु आवको पहिलो १० महिनामा नेपालको खुद सेवा आय ७ अर्ब ८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १३ अर्व ४९ करोडले वचतमा रहेको थियो । त्यस्तै, खुद ट्रान्सफर आय अघिल्लो वर्षको सोही अवधिको ३२ दशमलव ८ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा १८ दशमलव ३ प्रतिशतले बढी ३ सय ९३ अर्ब ५९ करोड पुगेको छ । ट्रान्सफरअन्तर्गतको विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको ३६ दशमलव ५ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा २१ दशमलव ५ प्रतिशतले वृद्धि भई ३ सय ४२ अर्ब ६५ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको सोही अवधिको २३ दशमलव ९ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ११ दशमलव १ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड डलर पुगेको छ । त्यसैगरी, ०७० वैशाख मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ०६९ असार मसान्तको ४ सय ३९ अर्ब ४६ करोडको तुलनामा १० प्रतिशतले वृद्धि भई ४ सय ८३ अर्ब ३६ करोड पुगेको छ । अमेरिकी डलरमा भने बैंकिङ क्षेत्रको कुल सञ्चिति ०६९ असारदेखि ०७० वैशाख मसान्तसम्ममा ११ दशमलव २ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ५ अर्ब ५२ करोड पुगेको छ । चालु आवको दश महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमान स्तरले १० दशमलव ७ महिनाको वस्तु आयात र ९ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया